तीन दिनसम्म घटेको शेयर बजार आज सामान्य बढ्यो

काठमाडाैं | असार ७, २०८०

तीन दिनसम्म घटेको शेयर बजार आज सामान्य बढ्यो

काठमाडौं:    लगातार तीन दिनसम्म घटेको शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ७५ अङ्कले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेको छ । 


आज होटल, बिमा र अन्य समूहको शेयर बढेको छ । अरू सबै समूहको शेयर ओरालो लागेको छ । आज दुई सय ७६ वटा कम्पनीका ८० लाख आठ हजार कित्ता शेयर तीन अर्ब ४४ करोड ४८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको २९ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । 


आज तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, सिटी होटल, कालिञ्चोक दर्शन प्राली, वीपीडब्ल्यू लघुवित्त र हिमालयन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै इङ्खवा खोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशत र नेस्डो समृद्ध लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्